कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ७:३० बजे पर्चे आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको छ।

काठमाडौँ– कास्की जिल्लाको पर्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ७:३० बजे पर्चे आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।