विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
इनरुवा– सुनसरीको इटहरी– १२ खनार चोकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। मृतक काका भतिजा हुन्।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।
ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
