हरेक हप्ता बिहान ८ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत शनिबार सामाखुशी संगमटोलदेखि पवित्रनगर चोकसम्म सरसफाइ गरिएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ सामाखुशी संगमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत १९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले सरसफाइ अभियान सञ्चालन गरेको हो। हरेक शनिबार बिहान ८ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत शनिबार पवित्रनगरसम्म सरसफाइ गरिएको हो।
संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले असल संस्कारको विकास गर्न सके देशको विकास हुने भएकाले सरसफाइमार्फत असल संस्कार प्रदान गरिँदै आएको बताए। सरकारले लिएको समृद्ध मुलुकको लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्दै आएको उनले उल्लेख गरे।
सो समाजले यसअघि नयाँ बसपार्कबाट सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, ५०० थान डस्बिन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरेको छ।
त्यस्तै, प्रत्येक हप्ता शनिबार देशभरका विभिन्न स्थानमा सरसफाइ गर्दै आइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
