कालिकोटमा करेन्ट लागेर २ जनाको मृत्यु‍

विद्युत्‌को सबस्टेसनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जानकारी दिए। 

मान्मा– कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

नरहरिनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो। 

विद्युत्‌को सबस्टेसनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जानकारी दिए। 

“गाडेको विद्युत्‌को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो,” उनले भने, “दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।” 

मृतक केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षकसमेत थिए।