अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन्।
काठमाडौँ– अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन्। उनले अक्सिजनको प्रयोग नगरी यही वसन्त ऋतुमा अन्नपूर्ण–१ हिमाल आरोहण गर्न लागेकी हुन्।
सन् २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल बिनाअक्सिजन आरोहण गर्ने पूर्वगाइडसमेत रहेकी एलीको लक्ष्य छ। शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पेपरले विश्वको १०औँ अग्लो (८,०९१ मिटर) उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेकी बताइन्। उनले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन्।
४८ वर्षीया पेपरले महिलालाई आफ्नै चुनौती पार गर्दै त्यसलाई जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन्। “मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु,” उनले भनिन्। यो वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ सहित अन्य तीन वटा हिमाल आरोहण गर्ने योजना रहेको उनले बताइन्।
उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ। उनले बिनाअक्सिजन हिमाल आरोहण गर्ने यात्राको शुरूआत भने सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमालबाट गरेकी थिइन्। पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्। ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिलासमेत हुन्।
विश्वमा हालसम्म ६ जनाले मात्र अक्सिजनबिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु, नांगा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा पर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
