पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।
काठमाडौँ– क्याप्टेन वेद उप्रेतीको कृति ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’को लोकार्पण गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गरेका हुन्।
पुस्तक लोकार्पण गर्दै कांग्रेस सभापति देउवाले क्याप्टेन उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमको विकासको खाका चित्रण गर्नुका साथै सिंगो नेपालको पर्यटन तथा पूर्वाधार विकासमा सहयोग बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा लेखक उप्रेतीले १० वर्षको प्रयासपछि सुदूरपश्चिमको वास्तविक चित्रण गर्ने पुस्तक पाठकसामु ल्याउन सफल भएको बताए। आफूले पुस्तकमार्फत सुदूरपश्चिम समग्र विकासका लागि भावी योजना निर्माण, अध्ययन अनुसन्धान तथा भव्य सम्भावना बोकेको क्षेत्र हो भनेर चिनाउने प्रयास गरेको उनको भनाइ थियो।
पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्वीरसहितका विवरण प्रस्तुत गरिएका छन्। १२० पृष्ठको पुस्तकमा लेखक उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ रंगिन तस्वीर समावेश छन्। पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा भव्य रहेको चित्रण गरिएको छ।
यस्तै, पुस्तकले सुदूरपश्चिममा अल्पकालीन र दीर्घकालीन उद्देश्य तथा ठोस योजना बनाई पर्यटन, रोजगारी तथा औद्योगीकरणको राम्रो विकास गर्न सकिने प्रचुर सम्भावनालाई केलाएको छ। पुस्तक अध्येता, अनुसन्धाता, पर्यटक, विद्यार्थी तथा योजनाकारलाई मात्रै नभएर राजनीतिज्ञ, उद्योगपति र सामाजिक कार्यकर्तालाई समेत उपयोगी हुने लेखक उप्रेतीको विश्वास छ।
नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
