पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ।
बागलुङ– सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ। यसअघि यही फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो।
बागलुङको मालढुंगाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकै बेला शनिबार एक्कासि पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन इन्जिनियर छकबहादुर गुरुङले बताए।
“पटक–पटक पहाड खस्दा काम गर्न निकै कठिन भइरहेको छ,” गुरुङले भने, “यस पटकको चट्टान पनि एक सातामा फोडेर सकिनेजस्तो छैन।” पहिराको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए।
सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन्। भिरालो जमिन रहेको उक्त स्थानमा बेला–बेलामा सुक्खा पहिरो जाने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
