यस्तो रहनेछ आइतबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम र लुम्बिनीसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम  मुख्यतया सफा नै रहनेछ।

यसैगरी, राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।