नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
महेन्द्रनगर– ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आइतबार धनुषाको कौचरीबाट शुरूआत भएको छ।
नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ। धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित यात्रा शुरू भएको हो। परिक्रमा १५ दिनमा पूरा हुनेछ।
कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित अन्य डोला हनुमानगढीमा जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए। आइतबार नै सबै तीर्थालु हनुमानगढमा जम्मा हुन्छन्। सोमबार बिहान कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने मंगलबार भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर विश्राम गर्ने जनाइएको छ। महन्त रामनरेश शरणका अनुसार फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्नेछन्।
त्यसैगरी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताए। चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने तयारी छ।
चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा तथा ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन्। चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम गर्नेछन्। चैत १० गते बिसौलमा पुगेर विधिवत रूपमा मध्यमा परिक्रमा समापन हुनेछ। अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा हुने जनाइएको छ।
परिक्रमामा श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका छन्। उनीहरू धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा बास बस्छन्।
१८औँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ। धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
