तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो।
काठमाडौँ– कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुरबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्म प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ।
तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो। समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ।
प्रसारण लाइनमा १२७ वटा टावर निर्माण गरिएका छन्। वसन्तपुर सबस्टेसनमा ६ वटा ‘बे’ विस्तार भइरहेको छ। त्यसमध्ये ३ वटा बे का उपकरण जडान र परीक्षण भइरहेको छ। उक्त कार्य चैतको पहिलो हप्ताभित्र सक्ने लक्ष्य राखिएको छ।
यो प्रसारण लाइन सञ्चालनमा आएपछि मुख्य रूपमा सानिमा मिडिल तमोर हाइड्रोपावरले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
“वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्र मध्य तमोरको विद्युत् जोडिने छ। आयोजनाको हाल अन्तिम चरणका परीक्षण कार्य भइरहेको जानकारी पाएका छौँ,” उनले भने, “मध्य तमोरले विद्युत् उत्पादन गर्ने बेलासम्म वसन्तपुर सबस्टेसनमा बे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ।”
मध्य तमोरलगायत जलविद्युत आयोजनाको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरीमा आपूर्ति गर्ने तयारी छ। यसले भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने घिसिङले बताए।
प्रसारण लाइन र ढुंगेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेसनल, भारतसँग २०७४ माघमा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ।
नेपाल सरकार र प्राधिकरणको लगानी तथा भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यो प्रसारण लाइन निर्माण गरिएको हो। हालसम्म १५ किलोमिटर तार तानिएको छ। बे विस्तार कार्य जारी छ। यस प्याकेजका सम्पूर्ण काम डेढ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो।
कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ। कोशी करिडोर नेपालको सबैभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
