न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले बनायो संयन्त्र

आइतबार अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो। संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २/२ जना छन्।

काठमाडौँ– सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले १० सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ। 

आइतबार अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो। संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २/२ जना छन्।

संयन्त्रमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल छन्। 

सत्ता समीकरणमा सामेल पाँच वटै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ । 

सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पार्ने छ।