राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार

यसअघि राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अध्यक्षको निर्वाचन हुन लागेको हो।

काठमाडौँ– राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन मंगलबार (फागुन २९ गते) हुने भएको छ। 

आइतबार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्ष पदको निर्वाचन  मिति तोकेकी हुन्। 

अध्यक्षको निर्वाचनअन्तर्गत सोमबार मनोनयन दर्ता हुनेछ। पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। 

यसअघि राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अध्यक्षको निर्वाचन हुन लागेको हो।