हङकङमा भएको त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।
काठमाडौँ– हङकङमा भएको त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।
हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो। त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो।
हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए। हङकङका लागि निजाकान्त खानले २५ रन बनाए। नेपालका लागि करण केसी र गुल्सन झाले समान १/१ विकेट लिए।
शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो। अब नेपालले यही फागुन २९ गते पपुवा न्युगिनसँग प्रतिस्पर्धा गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
