अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्धबारे इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहुको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा क्षति पुर्याइरहेको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्धबारे इजरायली राष्ट्रपति बेन्यामिन नेतन्याहुको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा क्षति पुर्याइरहेको दाबी गरेका छन्।
गाजाको मानवीय संकट झनै विकराल बन्दै गएको र यसले अमेरिकी संसद्मा राष्ट्रपतिको विपक्षमा कडा विरोध भइरहेको समय बाइडेनबाट दक्षिणी गाजाको रफामा इजरायलको आक्रमणको चेतावनीबारे विरोधाभास टिप्पणी आएको हो।
“नेतन्याहुलाई इजरायलको रक्षा गर्ने अधिकार छ, हमासलाई पछ्याइरहने अधिकार पनि छ,” बाइडेनले भने, “तर उहाँ (नेतन्याहु)ले चालेका कदमका कारण निर्दोष मानिसको ज्यान जानेतर्फ बढी ध्यान दिनुपर्छ।”
उनले अगाडि थपे, “मेरो विचारमा उहाँले इजरायललाई सहयोग गर्नुभन्दा पनि बढी चोट पुर्याइरहनुभएको छ।”
रफाका २४ लाख बासिन्दामध्ये करिब १५ लाख गाजामा सुरक्षाका लागि पुगेका छन्। इजरायली आक्रमणले प्यालेस्टाइनमा ठूलो मानवीय जोखिम निम्त्याएको छ। यता रफामा इजरायलको सम्भावित आक्रमणबारे बाइडेन अस्पष्ट देखिँदै आएका छन्। “यो खतराको रेखा हो,” ८१ वर्षीय डेमोक्र्याट नेताले भने, “म इजरायलको पक्ष कहिल्यै छोड्ने छैन। इजरायलको प्रतिरक्षा अझै पनि महत्त्वपूर्ण छ।”
बाइडेनले बिहीबार स्टेट अफ द युनियनको सम्बोधनपछि नेतन्याहुलाई गाजा युद्धबारे छलफल गरेर अघि बढ्नुपर्ने बताएका थिए। साथै, इजरायली प्रधानमन्त्री नेतन्याहुलाई वासिङ्टन भ्रमणका लागि निमन्त्रणा दिएका थिए।
अक्टोबर ७ मा हमासले सीमा पार गरेर गरेको आक्रमणमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो। करिब २५० जनालाई बन्धक बनाइएको थियो। बदलामा इजरायलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ।
हमास नियन्त्रित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ३१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका प्यालेस्टाइनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
