राष्ट्रियसभा अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई र माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।
यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण फेरेसँगै कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको हो।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रले भने नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ। आइतबार साँझ बसेको माओवादी केन्द्र पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टी सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए। उनी प्रधानमन्त्री दाहालका भाइ हुन्। उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए।
खनालका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्षका लागि झक्कु सुवेदी, उर्मिला अर्याललगायतको नाम पनि चर्चा भएको थियो। एमालेसहितको गठबन्धन बन्दा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो।
कस्तो छ अंकगणित?
५९ सदस्यीय राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ। उसको उपाध्यक्षसहित १८ सांसद छन्। यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो। एमालेबाट १० जना सांसद छन्। एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रियसभामा छन्।
वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत खस्छ। तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसद्को मत भए पुग्छ। विपक्षमा १९ मत मात्र छ।
रिक्त राष्ट्रियसभा अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन हुँदै छ। आइतबार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको मिति तोकेकी थिइन्। निर्वाचनका लागि सोमबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म मनोनयन दर्ताको तालिका तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
