प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न सत्तारुढ दल नेकपा एमालेका ६ जनाले दाबी पेश गरेका छन्।
विराटनगर– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न सत्तारुढ दल नेकपा एमालेका ६ जनाले दाबी पेस गरेका छन्।
दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन्। एमालेले उम्मेदवार बन्न इच्छुकका लागि व्यक्तिगत विवरणसहित निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो।
आइतबार साँझसम्म कार्यदलमा ६ जनाको निवेदन आएको सचिव उमेश गुरुङले जानकारी दिए। उनका अनुसार निवेदन दिनेहरूमा सुहाङबाहेक रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन्।
कार्यदलले सोमबार निवेदन दिनेहरूमध्येबाट एक जनाका लागि सर्वसम्मति खोज्ने प्रयास गर्ने जनाइएको छ। सहमति नजुटेको अवस्थामा चैत ३ गते जिल्ला सचिवालयमा सबैको नाम पेश गरिने छ। त्यसपछि पार्टी जिल्ला कमिटीले चैत ५ गतेसम्म उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाउने छ।
संविधानसभा सदस्य तथा पूर्वसभामुख नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो। उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यसैबीच, वैशाख १५ गते हुने उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने भएका छन्। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएको कांग्रेसले हालसम्म उम्मेदवार तय गर्न सकेको छैन।
जिल्ला समितिका एक सदस्यका अनुसार पार्टी सभापति डम्बर खड्का उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ। गत निर्वाचनमा उम्मेदवार रहेका खड्का नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
