प्रहरीद्वारा बरामद लागूऔषध सुरक्षित गर्ने एउटै विकल्प भनेको यसलाई अनुसन्धान ल्याब तथा औषधि फर्महरूमा बिक्रि गर्नु भएको एक न्यायाधीशले बताए।
भारतीय प्रहरीले तस्करहरूबाट बरामद गरि प्रहरी कार्यालयमा राखेको २०० किलोग्राम गाँजा मुसाले नष्ट गरिदिएको आरोप लगाएको छ। उत्तर प्रदेशको मथुरा प्रहरीले यस्तो आरोप लगाएको हो।
यो विषय अदालतमा पुगेपछि अदालतले मुसाहरू साना जनावर भएको र उनीहरूलाई प्रहरीसँग कुनै डर नभएको र लागूऔषध सुरक्षित गर्न कठिन हुने भनेको थियो। सो अदालतले प्रहरीले बरामद गरि लुकाउने स्थान प्रमाणका रूपमा बनाएर देखाउनसमेत भनेको थियो।
अदालतले यसअघि पनि मुसाले गाँजा नष्ट गरेका ३ वटा उदाहरण पेश गरेको थियो। न्यायाधीश सञ्जय चौधरीका अनुसार अदालतले बरामद लागूऔषधको परिमाण देखाउन भनेपछि प्रहरीले १९५ किलो गाँजा मुसाले नष्ट गरेको भनेको थियो। यस्तै, ३८६ किलो लागूऔषधसम्बन्धी एक प्रतिवेदनमा प्रहरीले केही गाँजा मुसाले खाएको भनेको थियो।
न्यायाधीश चौधरीले भने, “प्रहरीले बरामद गरि भण्डार गरेको करीब ७०० किलो गाँजा मथुरा जिल्लास्थित प्रहरी कार्यालयमा छ र यो मुसाहरूले नष्ट गर्ने जोखिम उत्तिकै छ।”
“मुसा निकै साना हुन्छन्। उनीहरूलाई कसरी भगाउने भन्ने विज्ञता प्रहरीसँग छैन। त्यसैले मुसाबाट सुरक्षित गर्ने एउटै विकल्प भनेको लागूऔषधलाई अनुसन्धान ल्याब तथा औषधि फर्महरूमा बिक्रि गर्ने सरकारी प्रक्रिया अघि बढाउनुपर्छ”, चौधरीले भने।
यता, मथुरा जिल्लाका वरिष्ठ प्रहरी अधिकृत एमपी सिंहले भने भण्डारन गरिएको केही परिमाणको गाँजा भारी वर्षाले क्षति पुगेको तर मुसाले नष्ट गरेको भन्नेमा सत्यता नरहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
