आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
काठमाडाै– इंग्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली लिभरपुलले म्यान्चेस्टर सिटीसँग अंक बाँडेको छ। आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
सिटीका तर्फबाट जोन स्टोनले खेलको २३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा गोलरहित बनेको लिभरपुलले दोस्रो हाफमा प्रदर्शन राम्रो गर्यो। खेलको ५०औँ मिनेटमा लिभरपुलका लागि म्याक एलिस्टरले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसपछिको बाँकी समयमा कसैले गोल गर्न नसक्दा खेल १/१ को बराबरीमा सिकियो।
यो खेलसँगै लिभरपुलले २८ खेलबाट १९ जित, ७ बराबरी र २ हारसहित ६४ अंक प्राप्त गरेको छ। त्यति नै खेलबाट सिटीले पनि १९ जित ६ बराबरी र ३ हारसहित ६३ अंक प्राप्त गरेको छ। सिटी तालिकामा लिभरपुल भन्दा एक अंक तल अर्थात् तेस्रो स्थानमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
