भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन्।
रुससँगको युद्धमा क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको भनाइले युक्रेन आक्रोशित भएको छ। पोपले युक्रेनलाई विगत दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुससँग वार्ता गर्न भनेका थिए। उनले युक्रेनलाई ‘सेतो झण्डा फहराउने साहस गर्नुपर्छ’ पनि भने।
अन्तर्राष्ट्रिय रूपमा, सेतो झण्डालाई युद्धविराम वा वार्ता वा आत्मसमर्पण गर्न इच्छुकताको संकेत मानिन्छ। पोपको अपीलको जवाफ दिँदै युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले देशको नीलो र पहेँलो झण्डा बाहेक अरू कुनै झण्डा कहिल्यै फहराउन नहुने बताए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पोपको भनाइलाई अस्वीकार गरेका छन्। आइतबार राति राष्ट्रका नाममा जारी गरिएको भिडियो सन्देशमा उनले पोपको नाम उल्लेख नगरे पनि युद्धमा युक्रेनको चर्च र धर्म गुरुहरुको योगदानको प्रशंसासमेत गरे। उनले चर्चले मानिसहरूलाई साथ दिए पनि मध्यस्थकर्ताको भूमिका ननिभाएको बताए।
"उनीहरूले अग्रभागमा रहेर जीवन र मानवताको रक्षा गरिरहेका छन्," जेलेन्स्कीले भने, "चर्च मानिसहरूको साथमा छ। प्रार्थना तथा आशीर्वाद मार्फत मानिसहरूलाई मद्दत गर्दैछ नकि साढे दुई हजार किलोमिटर टाढा बसेर मध्यस्थकर्ताको भूमिका निभाएको छ।"
पोप भ्याटिकन सिटीका प्रमुख पनि हुन्। भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरे।
रोयटर्सका अनुसार स्विस समाचार एजेन्सी आरएसआईसँगको अन्तर्वार्तामा पोपले भनेका छन्, "सबैभन्दा बलियो त्यो हो जसले परिस्थितिमाथि नजर राख्छ, जसले जनताको बारेमा सोच्दछ र सेतो झण्डा फहराउने र वार्ता गर्ने साहस छ। हारेको छ। यदि तिमी गएको छौ वा कुरा ठिक छैन भने तिमीले बोल्ने हिम्मत देखाउनुपर्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
