संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।
काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।
उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको लागि छुट्याइएको छ। उम्मेदवारको नामावली सोमबारै साढे १ बजे प्रकाशित हुनेछ।
राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धनबाट माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भइसकेको छ भने माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विपक्षमा रहेका दलहरूबीच सहकार्यको ढोका खुला राख्दै अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
