प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

फागुन ३० गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ।

पर्सि बुधबार (फागुन ३० गते) ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ। त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरूलाई निर्देशन दिएका छन्।