शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ।
बलेवा (बागलुङ)– सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ। करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सनले पहिरो पन्छाएपछि सोमबारदेखि सडक सञ्चालन भएको हो।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो। सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्ण रूपमा अवरुद्ध थियो। यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो।
बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। शनिबारदेखि उक्त खण्डमा मालवाहक ट्रक अलपत्र परेका थिए। दुईतर्फी एक्स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
