इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।
इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी)ले सोमबार जनाएको छ। उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका अन्य ११ जना खोजी गरिरहेका छन्।
विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको बताए। एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको उनको भनाइ छ।
गत बिहीबार भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौँ घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए। उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युत्विहीन बनेका छन्। प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्को चेतावनी जारी गरेको छ।
‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हुँदा आकस्मिक बाढी र पहिरो जाने गर्छ। उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
