कर्णालीको पुलमा ट्रकमा लाग्यो आगो

कर्णालीको पुलमा एक ट्रकमा आगलागी भएको छ।

काठमाडौँ– कर्णालीको पुलमा एक ट्रकमा आगलागी भएको छ। 

बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम राजमार्ग, चिसापानीअन्तर्गत कर्णाली पुलछेउमा ट्रकमा आगलागी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रवउ प्रज्वल महर्जनले जानकारी दिए। बर्दिया राष्ट्रिय निकुञ्जतर्फ रहेको ट्रकमा आगलागी भएको र उक्त क्षेत्र लुम्बिनी प्रदेशले हेर्ने भएकाले लुम्बिनी प्रदेशलाई खबर गरिएको बताए।

उनका अनुसार अनुसार ट्रकमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। उनका अनुसार आगो निभाउनका लागि लम्कीचुहा नगरपालिकाबाट दमकल पुगेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा आगोको लप्काले कर्णालीको पुलमा समेत क्षति पुगेको देखिन्छ। थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ।