लोकतान्त्रिक वामगठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छन्।
मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वामगठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गरिन् भने चौधरीले १८ हजार ०८१ मत प्राप्त गरे। नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१० मत मात्रै प्राप्त गरे।
श्रेष्ठको जितसँगै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा २ स्थानमा जित हासिल गरेको छ। २०४८ देखिका हरेक निर्वाचनमा नयाँ अनुहारलाई निर्वाचित गर्दै आएको कैलाली-१ ले यसपटक पनि संसदमा नयाँ अनुहारलाई पठाएको हो। निर्वाचित श्रेष्ठ उन्मुक्ति पार्टीका अध्यक्ष हुन्।
उनी टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीकी पत्नी हुन। यसअघि कैलाली-३ मा उन्मुक्ति पार्टीकै गंगाराम चौधरी निर्वाचित भएका थिए।
प्रदेशसभातर्फ पनि कैलालीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा-१ र २ तथा ३ को १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टी नै निर्वाचित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
