बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेको छ। तर, सेयर कारोबार रकम भने घटेको छ।
काठमाडौँ– दुई दिन लगातार रूपमा गिरावट आएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिनमा वृद्धि भएको छ।
बिहीबार नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८७ अंक बढेको छ।
बिहीबार कारोबारमा आएका २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँबराबरको किनबेच भएको छ। नेप्से परिसूचक बढे पनि बिहीबार कारोबार रकम भने घटेको हो।
नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ। जसमा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ।
बिहीबार कारोबारमा आएको घलेम्दी हाइड्रो र आरएमडीसी लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
तर, यता किसान लघुवित्त वित्तीयको सेयरमूल्य भने २.८९ प्रतिशत घटेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
