आगलागीबाट कर्णाली पुलको पूर्वपट्टी रहेका १४ वटा लट्ठामा क्षति पुगेको छ। लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताए।
लम्की (कैलाली)– कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा सोमबार साँझ एक्कासि आगलागी भएको हो।
आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुन लाइटर र नगद ५७ हजार रुपैयाँ क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए। क्षतिको थप विवरण आउन बाँकी रहेको उनले बताए।
प्रहरी निरीक्षक डाँगीका अनुसार आगलागीबाट ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट पुलको पूर्वपट्टी रहेका १४ वटा डोरी (लट्ठा)मा क्षति पुगेको उनले बताए। आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको छ। “हालसम्म ९५ प्रतिशत आगो नियन्त्रणमा आएको छ,” प्रहरी निरीक्षक डाँगीले भने।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय लगायतले आगो निभाउने काम गरिरहेका छन्। लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताए।
आगो पूर्ण रूपमा निभाउन बाँकी रहेकाले सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर नीरज शाक्यले बताए। “हामी घटनास्थलमै छौँ। मंगलबार बिहान प्राविधिक टोली आउँदै छ। क्षति यत्ति नै भएको छ भनेर भन्न सकिने अवस्था छैन। कर्णाली पुलमाथि सवारी आवागमन हाललाई बन्द गरेका छौँ,” उनले भने।
पर्साको वीरगन्जबाट सामान लिएर आएको ट्रक चालक जगनाथ जोशीले बताए। “ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिए। कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टीको भागमा आगो लागेको थाहा पाएँ”, उनले भने।
पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताए। ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए। दुवै जना प्रहरीको नियन्त्रणमा रहेका छन्। आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
