पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईंले अभिनाश बोहराको स्थानमा आकाश चन्दलाई अवसर दिएका छन्। 

काठमाडौँ– हङकङमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ।

मिसन रोड ग्राउन्ड, मोंग कोकमा भएको टसमा पीएनजीका कप्तान असद भालाले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन्। नेपालले पहिला ब्याटिङ गर्दैछ। 

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईंले अभिनाश बोहराको स्थानमा आकाश चन्दलाई अवसर दिएका छन्। 

यसअघि नेपाल र हङकङबीको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो।