ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ।
ढोरपाटन– ताराखोला गाउँपालिकाका महिला सामूहिक उद्यममा लागेका छन्। ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन्।
गतवर्ष फागुनमा तालिम लिएपछि सात लाख रुपैयाँ लगानी गरेर ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन्। उद्योग सातजना महिलाले सञ्चालन गरेका हुन्।
ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम शुरू गरिएको हो। उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको छ।
“उत्पादन गरेका सामग्री बिक्री भएन भनेर पिर गर्ने अवस्था छैन। यहीँबाट खपत भइरहेको छ। सिक्दै काम गर्दै गर्दा पनि धेरैतिरबाट हौसला मिलेको छ,” उनले भनिन्, “उद्योगलाई थप व्यवस्थित बनाउँदै जाने योजनामा छौँ। गाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने लागेको छ।”
ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताइन्। पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उनको भनाइ छ। एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताइन्।
“दिदीबहिनी निकै उत्साहित भएर काम गर्नुभएको छ। उहाँहरूले सञ्चालन गरेको उद्योगमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ,” सहजकर्ता घर्तीले भनिन्, “उद्यम र सीपले यहाँका महिलालाई आत्मनिर्भर बनाउन थालेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
