टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।
काठमाडौँ– हङकङमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।
कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाए। सन्दीपले २१ बलमा आफ्नो दोस्रो टी२०आई अर्धशतक पूरा गरे। उनले २६ बलमा उनले ३ चौका र ४ छक्काको मद्दतमा ५६ रन जोडे।
विनोद भण्डारीले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए। लोकेश बमले ६ बलमा २ छक्कासहित १४ रन जोडे। विवेक यादव ४ बलमा ३ छक्काको मद्दतमा १९ रनमा नटआउट रहे। गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए।
पीएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
