हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन्। हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ।
क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ। सन् २०२० देखि गृहयुद्धको चपेटामा परेको हाइटीका प्रधानमन्त्रीसमेत देश फर्किन सकेका छैनन्।
हाइटीमा सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानबीय संकट बढेको बीबीसीले जनाएको छ। हिंसाका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ। पछिल्लो समय विद्रोही समूहले प्रधानमन्त्री एरियल हेनरीले पद त्याग गर्नु पर्ने माग राख्दै आएका छन्।
उक्त समूहले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीकै ८० प्रतिशत बढी भूभागमा कब्जा जमाएको दाबी गरेको छ। हिंसामा मृत्यु हुनेको संख्या यकिन नभए पनि अस्पतालमा शव यत्रतत्र छरिएको अवस्थामा रहेको पनि बीबीसीले जनाएको छ।
हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन्। हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
