राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

कांग्रेसबाट उम्मेदवार रहेका युवराज शर्माको पक्षमा १७ र विपक्षमा ३९ जनाले मतदान गरेका थिए।

काठमाडौँ– राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।

मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । 

५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ।

सत्ता गठबन्धनबाट नारायण दाहाल अध्यक्षको उम्मेदवार छन् ।