सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
काठमाडौँ– संसदीय समितिले ‘स्पन्ज आइरन’ र ‘बिलेट्स’को भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो।
“स्पन्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गर्ने भन्ने निर्णय २० गतेको बैठकले गरेको थियो। सोही अनुसार आज नाम प्राप्त भएको छ,” समिति सभापति अब्दुल खानले भने। उनका अनुसार उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी बहादुर कोइरी, सूर्यमान तामाङ रहेका छन्।
संसदीय समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। समितिको निर्णय सुनाउँदै समिति सभापति खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागलाई सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिइएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
