प्रहरीले मकवानपुरको हेटौँडाबाट ८४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले मकवानपुरको हेटौँडाबाट ८४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीले मंगलबार गस्तीका क्रममा गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीको टोलीले गस्तीका क्रममा भारतीय नम्बर प्लेटको गाडीमा लुकाइछिपाई लैजाँदै गरेको गाँजा बरामद गरेको थियो। गाडीमा गाँजा भेटिएपछि चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय सावीर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बीआर ०१बीएप५५८१ नम्बरको कारको सिटको भागमा ‘फल्स बटम’ बनाई लुकाइछिपाई ल्याइएको गाँजा बरामद गरिएको हो। अन्सारीमाथि मकवानपुर जिल्ला अदालतबाट दिन १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
