किताब बिग्रिँदा वा हराउँदा त्यसको हर्जाना तिर्नुपर्ने डरले फेरि पुस्तकालयमा नआउनेहरूलाई यो नियमले फाइदा पुग्ने छ।
के तपाईं पुस्तकालयमा गएर पढ्ने गर्नुहुन्छ वा कुनै पुस्तकालयको नियमित पाठक हुनुहुन्छ? यदि हुनुहुन्छ भने पुस्तकालयको किताब हराउँदा वा च्यातिँदाको समस्या त थाहै होला।
कति त हराएको पुस्तकको जरिबाना तिर्नुपर्ने डरले फर्केर पनि त्यो पुस्तकालयतर्फ हेर्दैनन्। कतिपय अवस्थामा ‘लाइब्रेरियन’ले किचकिच गर्छन्, दिक्क लाग्छ। पुरानो किताब नल्याएसम्म नयाँ नदिने लगायत अनेक नियम हुन्छन् पुस्तकालयका।
तर अमेरिकाको म्यासाच्युसेट्सको एक पुस्तकालयले भने यस्ता समस्याहरूको लागि सजिलो समाधान निकालेको छ। वर्सेस्टर सार्वजनिक पुस्तकालयले त्यहाँबाट लिएका किताब हराए वा बिग्रिए आफ्नो घरको बिरालोको फोटो देखाए सबै जरिबाना मिनाहा गर्ने नयाँ नियम ल्याएको छ। यो नियम यही मार्च महिनामा मात्र लागू हुने छ। यो कार्यक्रमलाई ‘मार्च म्युनेस’ नाम दिइएको छ।
किताब बिग्रिँदा वा हराउँदा त्यसको हर्जाना तिर्नुपर्ने डरले फेरि पुस्तकालयमा नआउनेहरूलाई यो नियमले फाइदा पुग्ने बताइएको छ। सकेसम्म आफ्नो घरको बिरालोको तस्वीर ल्याउनुपर्ने हुन्छ। यदि बिरालो पालेको छैन भने बिरालोको चित्र कोरेर बुझाए पनि सबै जरिबाना मिनाहा हुने पुस्तकालयले जनाएको छ।
कोरोना महामारीपछि किताब फिर्ता नल्याउनेको संख्या बढेपछि यस्तो नियम ल्याइएको पुस्तकालयका कार्यकारी निर्देशक ज्यासोन होमरले बताएका छन्। यो नियम प्रभावकारी देखिएको छ। निर्देशक होमरका अनुसार पहिलो पाँच दिनमै पुस्तकालयका ४०० अकाउन्ट जरिबानामुक्त भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
