अदालतले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौँ– अदालतले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार उच्च अदालत पाटनले उनीहरूलाई तेस्रो पटक म्याद थप गरेको हो। यसअघि अदालतले दुई पटक सात/सात दिनको म्याद दिएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रूपमा कर्जा प्रवाह भएको भेटिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ। धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह भन्दै सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो।
यो प्रकरणको अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागि अदालतमा पेश गरेको थियो। सीआईबीका प्रवक्ता, एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि जारी अनुसन्धान सक्न थप ५ दिनको म्याद प्राप्त भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
