सरकार र आरती साहका माइती पक्षबीच थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाउनेसहित पाँचबुँदे सहमति भएको छ।
काठमाडौँ– सरकार र मृतक आरती साहका माइती पक्षबीच सहमति भएको छ। मंगलबार राति सरकारी प्रतिनिधि र आरती साहका माइती पक्षबीचको वार्तापछि पाँचबुँदे सहमति भएको हो।
सरकार र साहका माइती पक्षबीच कर्तव्य ज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई मध्यनजर गरी प्राप्त हुने थप प्रमाणहरू कानूनबमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाउने सहमति भएको छ।
त्यस्तै, अनुसन्धान टोलीले मृतक साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने, कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने र सो क्रममा आरती साहको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमीकमजोरी, साहका परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहार, नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदन र चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिने सहमति पत्रमा उल्लेख छ।
अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानूनबमोजिम पुनः अभियोजनसमेत दर्ता गरिने, साहका परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने र साहका परिवारका तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रम मंगलबारबाट फिर्ता लिने सहमतिमा उल्लेख छ।
द्विपक्षीय सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराईसहितका अधिकारीले र साहका तर्फबाट आमा निर्मलादेवी साहसहितका परिवारका सदस्यले हस्ताक्षर गरेका छन्। श्रीमान्को परिवारबाट आरतीको हत्या भएको दाबी गर्दै आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै उनका माइती पक्षले विगत लामो समयदेखि काठमाडौँमा धर्ना दिँदै आएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
