पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।