आर्सनल १४ र बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेका छन्।
काठमाडौँ– आर्सनल र बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन्।
मंगलबार राति भएको खेलमा आर्सनलले पोर्टोलाई ४–२ ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो।
इमिरेट्समा भएको अन्तिम १६ को दोस्रो लेगको खेल आर्सनलले १–० ले जितेको थियो। त्यसमा लियोनार्डो ट्रोसार्डले गोल गरेका थिए। त्यसपछि दुई लेगको प्रतिस्पर्धा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा आर्सनल विजयी भयो। आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको हो। सन् २०१० यता अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन।
यस्तै, बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ। नापोलीलाई मंगलबार राति दोस्रो लेगमा ३–१ हराएपछि समग्रमा ४–२ को जितसहित अन्तिम ८ मा पुगेको हो।
पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
