धनकुटामा भ्यान र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ गम्भीर

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई गम्भीर भएका छन्।

विराटनगर– धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा मंगलबार राति दुई सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुईजना गम्भीर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलको पछाडि बसेका साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको हो।

मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई गम्भीर भएका छन्।

धरानबाट धनकुटातर्फ गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट आइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। 

घाइतेहरूको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।