घट्यो सुनचाँदीको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ। फागुन २१ यता लगातार बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले कमी भई प्रतितोला एक हजार ४६५ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।