जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि विस्फोट भएको छ। 

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ। 

टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो। 

विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो। उक्त रकेट केही सेकेन्डभित्र नै विस्फोट भई भीषण ज्वालासहित जमिनमा खसेको थियो। 

“पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्राविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ,” स्पेस वानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विस्तृत अनुसन्धान भइरहेको छ।”

नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलमा भेला भएका सयौँ मानिसले देखेका दृश्यमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्रले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो।

पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि काइरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो।