आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ।
काठमाडाैँ– आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ।
आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत् एकजना छात्रालाई दुर्व्यवहार गरेको भिडियो सार्वजानिक भएको थियो। भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएपछि धेरैले चासो व्यक्त गर्दै पीडित छात्राप्रति सहानुभूति व्यक्त गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्ने माग गरिरहेका छन्। साथै छात्रामाथि अमानवीय व्यवहार भएको भन्दै व्यापक आलोचना भइरहेको छ।
होस्टलमा बस्ने छात्रासँग रेग्मीले चैत महिनाको शुल्क मागेको भिडियोमा देखिन्छ। अहिले चैतको पेश्की शुल्क दिन तत्काल आफू असमर्थ रहेको छात्राले बताएकी थिइन्। उनको कुराको बेवास्ता गर्दै रेग्मीले पुस्तक र कोठामा भएका कपडालगायत सामग्री फ्याँक्दै, गाली गर्दै उनीमाथि दुर्व्यवहार गरेकी थिइन्। त्यसक्रममा उनले हातपातसमेत गर्दै पैसा दिन नसक्ने भए होस्टलबाट तत्कालै निस्कन पनि भनेकी थिइन्।
होस्टलमा बस्ने अन्य छात्राहरूले रोक्न खोज्दाखोज्दै पनि ती छात्रामाथि रेग्मीले हातपात गर्ने र सामान फ्याँकिदिने गरेको भिडियोमा देखिन्छ। यसैबीच, स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस एकाइ समितिले छात्रामाथि भएको अमानवीय व्यवहारको निन्दा गरेको छ। समितिले दुर्व्यवहार गर्ने ती महिलामाथि कारबाही गरिनुपर्ने माग पनि गरेको छ।
मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार छात्रामाथि दुर्व्यवहार गर्ने महिलालाई नियन्त्रणमा लिएर घटनाबारे बुझ्ने काम भइरहेको छ। घटनामा पीडित पक्षका तर्फबाट प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले दुर्व्यवहार आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
