केही दिनयता सामाजिक सञ्जालमा कोरियाले नेपाली कामदार नलिने भन्ने हल्ला फैलिएको भन्दै ईपीएस शाखाले उक्त सूचना तथ्यहीन भएको र झन् धेरै कामदार लिन खोजेको जनाएको छ।
काठमाडौँ– दक्षिण कोरियाले सन् २०२४ मा झन् धेरै नेपाली कामदार लिन चाहेको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले जनाएको छ।
केही दिनयता सामाजिक सञ्जालमा कोरियाले नेपाली कामदार नलिने भन्ने हल्ला फैलिएको भन्दै शाखाले उक्त सूचना तथ्यहीन भएको र झन् धेरै कामदार लिन खोजेको जानकारी गराएको हो।
"कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोस्टरमा रहेका कामदारहरूको विवरण फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाएको र कोरिया लैजाने कोटा समेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार फैलाइएको प्रति वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाको ध्यानाकरर्षण भएको छ," शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपबिल्डिङ क्षेत्रबाट मात्र कामदार लाँदै गरेकोमा २०२४ देखि बन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा समेत गरी अझै धेरै नेपाली कामदार लिने व्यहोरोको पत्राचार कोरिया सरकारबाट प्राप्त भएको शाखाले जनाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत् नेपाली कामदारहरू कोरिया पठाउने कार्य नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको द्विपक्षीय सम्झौताको आधारमा कार्यान्वयन हुने विषय हो। त्यसैले यस प्रक्रियामा नेपाल सरकार र दक्षिण कोरिया सरकार बाहेक अन्य कुनै पनि पक्षको संलग्नता नहुने पनि शाखाले प्रष्ट पारेको छ।
यस्तै, एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरू दुई वर्षसम्म कामदारको सूची (रोस्टर)मा बस्न पाउनेछन्। कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कारमदारको उचाइ, तौल, लिंग, उमेर, कामदारको अवस्था र देश जस्ता विवरण खुलाइ कोरिया सरकारको मानव संसाधन विकास (एचआरडी)सेवा समक्ष कामदार माग गरी पठाउँछ। यसरी माग भई गएपछि एचआरडी कोरियाले उक्त मापदण्डलाई मेल खाने गरी रोस्टरमा रहेका कामदारको सूचीबाट १ः३ को अनुपातमा (१ जना कामदारको माग भएको छ भने ३ जना कामदारको विवरण पठाउने) कामदारको विवरण साना तथा मझौला उद्योगमा पठाइन्छ। सो विवरणबाट उद्योगले आफूलाई चाहिने कामदार छनौट गर्दछ। यसरी रोस्टरमा रहेका कामदारहरू कोरिया प्रवेश गरिसकेको ईपीएस शाखाले जनाएको छ।
साथै रोस्टरमा रहेका कामदार छनौट कार्य रोजगारदाता मुलुक दक्षिण कोरियाको साना तथा मझौला उद्योगबाट कामदार आवश्यक परेर माग भई आएपछि मात्र छनौट हुने हुँदा कुनै पनि प्रक्रियामा कोही कसैको भनसुन एवम् ईपीएस कोरिया शाखा लगायत कुनै पनि निकायको हात नरहने र प्रक्रियाबाट हुँदै आइरहेको र सोही बमोजिम हुँदै जाने बारे पनि शाखाले प्रष्ट पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
