चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कलीले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कली नेपाल आउने भएका छन्।
नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन्। चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कलीले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ। उनले त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन्। उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो।
पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्कलीको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन्। अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आईसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुशी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन्। बार्कली सन् २०२२ मा आईसीसीको नेतृत्वमा आएका हुन्। न्युजिल्यान्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्कलीले आईसीसीमा शशांक मनोहरको स्थान लिएका थिए।
व्यावसायिक पृष्ठभूमिका बार्कलीले आईसीसीमार्फत सदस्य राष्ट्रहरूको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
