गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। लुम्बिनीका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।