एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन्।
काठमाडौँ– युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ।
बुधबार राति स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्डले स्थान पक्का गरेसँगै क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो।
यसअघि बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी अन्तिम आठमा पुगिसकेका छन्।
बुधबार राति अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्यो।

पहिलो लेगमा इन्टर २–१ ले विजयी भएको थियो। तर, दोस्रो लेगमा एट्लेटिकोले २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो।
यस्तै, जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। पीएसभीलाई २–० ले हराएपछि समग्रमा ३–१ को नतिजासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो। पहिलो लेगमा १–१ को बराबरी भएको थियो।
घरेलु मैदानमा डर्टमन्डको जितमा जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
