शवहरूको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
काठमाडौँ– कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको नागार्जुन–२ सानो भर्याङका सुजन कार्की, अछामको पन्चदेवल विनायक–५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार मंगलबार बिहान कोस्टल रोड एरियामा दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो। उनका अनुसार मृतकहरू कुवेतको स्क्वायर रेस्टुरेन्ट एन्ड क्याफेमा कार्यरत थिए। हवालीमा बस्दै आएका सुजन र धिरज सोमबार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएको र मंगलबार बिहान डिउटीको लागि कोठामा फर्कने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिँदा घटनास्थलमै निधन भएको गौतमले बताए।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकहरूको शवको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको दूतावासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
