धरानबाट घोरेटार आउँदै गरेको जिप उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट खस्दा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
टक्सार– धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।
को१ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
जिपचालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन। घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले बताए।
स्थानीयका अनुसार जिप सडकबाट करिब ८०० मिटर तल खसेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
