अख्तियारले भ्रष्टाचारको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको छ।
अख्तियारले भ्रष्टाचारको आरोपमा बिहीबार चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सबइन्जिनियर हर्कधन बुढाविरुद्ध आरोप–पत्र दायर गरेको हो। अख्तियारले उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढा, चंखेली गाउँपालिका–३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडीलाई पनि विपक्षी बनाएको छ।
चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा छुट्टाइएको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा कसुर पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरे बताए। उनीहरूलाई पाँच लाख १५ हजार १०८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिबाना एवं बिगो असुलउपर मागदाबी लिइएको प्रवक्ता घिमिरेले जनाए।
त्यस्तै, अख्तियारले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसमेत सात जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले इन्जिनियर महेश सिंह कठायत, सबइन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सबइन्जिनियर सर्जन शाही, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीलाई पनि विपक्षी बनाएको छ।
सोरु गाउँपालिका–९ साबिक कालै गाविस वडा नं. २, ३, ४ स्थित सिड्डीखोलादेखि फुक्यालसम्मको सिँचाइ आयोजनामा १४ लाख १७ हजार ९३५ रुपैयाँ बराबरको कार्य सम्पन्न नगरी सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याएकाले उनीहरूविरुद्ध आरोप–पत्र दायर गरिएको प्रवक्ता घिमिरेले जनाएका छन्।
अख्तियार प्रमुख पाण्डेविरुद्ध १४ लाख १७ हजार, इन्जिनियर कठायतविरुद्ध १२ लाख ३६ हजार र सबइन्जिनियर रोकायाविरुद्ध एक लाख ९१ हजार असिस्टेन्ट सबइन्जिनियर शाहीविरुद्ध १० लाख ४५ हजार, उपभोक्ता समिति अध्यक्ष शाही, सचिव शाही र कोषाध्यक्ष शाहीविरुद्ध १४ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
